देश

प्रहरी जवान आधारभूत तालिम समापन

जगत ठाडा मगर
२०७८ भदौ १५ | मध्यान्ह ०२:०५ बजे

रामनारायण यादव
राजविराज । २ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा प्रहरी जवान आधारभूत तालिम (५–०२) समूहको प्रहरी जवान आधारभूत तालिम जनकपुरका प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।
photo 2021 08 31 14 03 47

उक्त अवसरमा प्रहरी नायव महानिरक्षिक रंजितकारले दीक्षित भई जाने प्रहरी जवानहरुलाई तालिममा हासिल गरेका ज्ञान, सिप, कौशललाई व्यवहारमा लागू गर्नुपर्ने, मानवअधिकारको संरक्षणमा संबेदनशील हुनुपर्ने, प्रहरीले समय सापेक्ष आफुलाई परिवर्तन गर्दै लैजानुपर्ने बताए । आजको प्रहरी सदाचार, कर्तव्यनिष्ठ भई राष्ट्रसेवामा समर्पित हुनुपर्नेमा उनले जोड दिए ।

समारोहमा २ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र जनकपपुर सम्पर्क कार्यालय राजविराजका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले धन्यवाद ज्ञापन गरेका थिए भने प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडकाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । २०७७ मंसिर ३ गतेबाट संचालित उक्त तालिममा २०३ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

ती मध्ये ९ जना प्रशिक्षार्थीको विभिन्न कारण बस उनीहरुको तालिम रद्द भएको हो । जस मध्ये १९४ जना मात्र प्रशिक्षार्थीहरु सहभागि भएका थिए । ती प्रशिक्षार्थी मध्ये ५४ जना (क) श्रेणी र १४० जना (ख) श्रेणी गरी प्रशिक्षार्थीहरुको तालिम सफलता पूर्वक सम्पन्न भएको हो ।

कमेन्टहरु