देश

`द मिरर अफ सोसाइटी´र वीरगंज सञ्जाल साप्ताहिक पत्रिकाको बिमोचन सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ १५ | बिहान ०७:०५ बजे

विरगंज । आज एक कार्यक्रमको बीच प्रदेश नम्बर २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले वीरगंजबाट प्रकाशित हुने रंगीन मासिक पत्रिका ‘द मिरर अफ सोसाइटी’ र वीरगंज सञ्जाल साप्ताहिक पत्रिकाको बिमोचन गर्नुभयो ।

उहाँले पत्रिकाको उज्वाल भविष्यको कामना गर्दै आफू र सरकारबाट हुने सहयोग गर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले खानेपानीको समस्याबाट गुज्रिरहेका बाराको अमलेखगञ्जका बासिन्दालाई समस्याबाट मुक्त गराउने प्रयासमा आफु लागेको बताएउनुभयो । उहाँले प्रदेशमा खानेपानी र उर्जाको विकासका लागि आफू सदैव तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।

द मिरर आफ सोसाइटीका प्रकाशक एवम् सम्पादक आर.सी. यादवको सभापतित्वमा भएको बिमोचन कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठले सम्बोधन गर्दै पत्रिकलाई समय सापेक्ष खोज र अनुसन्धान मूलक बनाउन आउने दिनमा पत्रिकामा समय अनुकूल बनाउन सलाह दिनुभयो।

यसैगरी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ताले यस्तो खालको पत्रिका हामी काठमाण्डौंबाट प्रकाशन हुने मात्र पाएका थियौ भन्दै अब द मिरर ऑफ सोसाइटीले यहाको कुरा र उधोगी व्यापारीको कुरा समेटेर वीरगंज र यहाँको समस्या र अनुसन्धानमूलक समाचारलाइ प्राथमिकता दिनु पर्ने कुरा राख्नु भयो ।

‘द मिरर अफ सोसाइटी’ र वीरगंज सञ्जाल साप्ताहिक पत्रिकाको बिमोचन कार्यक्रमलाई संबिधान सभा सदस्य आत्माराम साह, पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब दिपेन्द्र चौहान, पर्साका अध्यक्ष अनुप तिवारी, वरिष्ठ पत्रकार धुर्व साह, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्धिन समानी, नेपाली कांग्रेशका नेता मोहमद सहाबुदीन, नेकपा एमालेका नेता बाबुराम कौशिक, महिला नेत्री रेखा साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका सह-संपादक वीरेन्द्र साह र पत्रिकाको बारेमा सह – संपादक पनालाल साहले आफ्नो धारणा राखेका थिए । वीरगञ्ज सञ्जालका प्रकाशक कृष्ण श्रीवास्तवले वीरगंज संजाल एउटा सानो पेजबाट सुरू गरेको यात्रा आज पत्रिकाको रुपमा आएको र यो पत्रिकाले सबैको भावना समेट्ने बताए । कार्यक्रमको सहजिकरण रेखा सिँहले गरेकी थिइन् ।

कमेन्टहरु