आफ्नै मामा मार्ने, आठ वटा श्रीमती विवाह गरेका कृष्णको जन्मदिनमा सरकारले विदा किन दियो ?


कृष्णको ८ जघन्य खरब चरित्रले २१औ शताव्दीका युवाहरूलाई दिने गलत सन्देशहरू !
(१) आठ जना श्रीमती विवाह गरेको कृष्णको जीवनीले, युवाहरूलाई वहुविवाह गर्ने सन्देश दिन्छ !
(२) १६ हजार १ सय गोपीनीसंग विवाह गरेका कृष्णको जीवनीले महिलाहरू अपमानित गर्ने सन्देश दिन्छ !
(३) ८० छोराछोरी (८ श्रीमतीबाट १०/१०) शन्तान जन्माउने कृष्णले परिवार नियोजन विरूद्ध सन्देश दिन्छ !
(४) आफ्नै मामा कंसको हत्या गरेका कृष्णले मानव अधिकार विरोधी कानुन मृत्यु दण्ड दिनु पर्ने सन्देश दिन्छ !
(५) मागेर दिएन भने चोरेर दही खाने कृष्णबाट युवाहरूमा काम गरेर भन्दा चोरेर खाने प्रबृत्ति विकास गर्ने सन्देश दिन्छ !
(६) पुरूषहरूलाई प्रतिबन्धित महिला मात्र नुहाउने ठाउँमा गएर लुगाहरु लुकाउने कृष्णले कानुन उल्लंघन गर्ने सन्देश दिन्छ !
(७) गोविन्द, बालगोपाल, मुकुन्द, मधुसुधन, बासुदेव, गणश्याम, यादवेन्द्र, मुरारी, माधव आदी सयौ बहुरूपिया नाम राखेका कृष्णले एउटै व्यक्तिले विभिन्न नाम राखेर अपराध गर्ने सन्देश दिन सक्छ !
(८) आफुले भनेको नभएमा भाँडहरु फुटाइ दिने कृष्णको व्यवहारले नरम व्यवहार निरुत्साहित हुने सन्देश दिन्छ !

























