काठमाडौंको प्राचिन नाग जाती नै अहिलेको थाङमी किराँती वंश थम्बुहरु हुन


काठमाडौ । पुर्विय इतिहासविद सिलवाल लेबीले पनि गोपाल र महेसपाल वंशि राजा पनि किराँत वंश हुन भनेको छ । प्राचिन हिन्दू धर्म ग्रन्थले पनि किराँतहरु अनार्य भन्दै आएको छ । तोरी हेगनका अनुसार काठमाडौंमा पहिलो बासिन्दा किराँत हुन भनेका छन्, अझ एक कदम आगाडि बढ्दै स्वामी प्रपन चार्य लेख्छन शाह वंशि बाहेकका गोपाल वंश र मल्ल वंश पनि किराँत नै हुन भनेका छन।

प्राचिन भारतमा किराँत नामक पुस्तक लेखक जिपी सिंहले नेपाल उपत्यकाको पहिलो बासिन्दा किराँत नै हुन भनेका छन। प्रेमबहादुर माबोहाङ् र राजकुमार राई लेखकका अनुसार पाल्पाका राजा धर्म सिन्धुले काठमाडौंका राजा युक्नीहाङले दुई तिहाई सैनिक पाल्पा पठाई त्यही मौकामा मुजपुरका लिछिबी राजा भुमी बर्मले नेपाल उपत्यका युद्द गरे । थोरै सैनिकको कारण राजा युक्निहाङ बनेपा तिर लागे बनेपा मै मरे भन्ने इतिहास पनि लेखेका छन ।
यो सबै इतिहास अपुरो हुनमा काठमाडौंको शासक वर्ग नै थम्बुहरु थिए उनिहरु राज्य छोडेर भागे ८०० जना पाटनको च्यासलमा मारिय त्यसपछि २ जना भागेर सिम्राङ्घाट पुगे । गोपाल वंशवालीमा लेखीएको छ त्यो बेलाको किराँत वंशहरु तामाकोशी र अरुणकोशीको बीचमा छ भनिएको छ। थामी जातिको मंधुममा भनिएको छ सिम्राङ्घट हुदै तामाकोसी नागदहमा आएर बसोबास गर्दै आएका थम्बु जाती नै अहिलेका थामी जाती हुन।

किराँत राज्यको राजा कैलाशहाङ राजा हुन जसलाई किराँत राजा भनेर चिन्दथे । कैलाशहाङ राजाको तीन छोरा थिए जसको नाम थम्बुहाङ, खम्बूहाङ र लिम्बूहाङ, कान्छो छोरा लिम्बुहाङलाई पल्लो किराँत राज्य अंश पायो जसलाई लिम्बुवान इलाका भनिन्छ । माइला छोरा खम्बूहाङलाई माझ किराँत राज्य अंश पायो जसलाई खम्बुवान इलाका भनिन्छ र जेठो छोरा थम्बुहाङलाई वल्लो किराँत राज्य अश पायो जसलाई थम्बुवान इलाका भनिन्छ ।
थम्बुहाङ राजाको जेठो छोरा यलम्बर हो । यलम्बर राजाको पुरानो मुल घर दोलखा किराँती छापमा हो । यलम्बर राजा दोलखा शैलुङमा बाख्रा गोठमा जन्मनू भएको हो । यलम्बर राजाको नुवारनको नाम यूलुङ हो । त्यही यूलुङ नामबाट शैलूङ् नाम रहन गएको हो भन्ने कुरा प्राचिन किराँत इतिहास पुस्तकबाट पनि प्रमाणित हून्छ । यलम्बर राजा ठुलो भए पछि काठमाण्डौ आउनू भएर काठमाडौंको पहिलो राजा हुनू भएको हो । यलम्बर राजाले काठमाडौंका हरेक नाम ठाँउको नामहरु आफ्नो भाषामा नामकरण गर्नू भएको थियो त्यो भाषा अहिले थम्बुहरुको थाङमी भाषामा पाइन्छ ।

किराँत काल काठमाडौं उपत्यकामा पाइएका नियोलिथिक उपकरणहरूबाट यो थाहा पाइन्छ कि नेपालमा मानिसको बसोबास कम्तिमा पनि ९ हजार वर्ष पहिलादेखि हुँदै आएको छ । यसले किराँत जाति मानिसहरू लगभग ९००० वर्ष अगाडी यहाँ बसोबास गर्ने देखाएको छ । किराँती ढुङ्गे युग र पशुपालन युग भन्दा अगाडिका र हिमाली पहाडीहरूको एक भुमीपुत्र मुलबासी हो । जुन शिवलेक पर्वतबाट मध्य एशिया, भारत र हिमालय धेरै ठाँऊमा छरेर बस्न थाले। किराँत कालभन्दा पछि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ । किराँतकाल नै सुरुको काल हो । नेपाली इतिहासमा किराँत काललाई लिछिबी भन्दा पछिको भनेर लेखेको छ त्यो भ्रमपुर्ण इतिहास हो किराँत शासनकाल नै सुरुको शासनकाल हो ।
यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका राजा मध्य बैज्ञानिक र शक्तिशाली राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा मानिन्छ ।






















