ओली कम्युनिस्टको नाममा कलंक हो : माधव नेपाल

जगत ठाडा मगर
२०७८ भदौ १३ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उल्लेख गर्दै ओली कम्युनिस्टको नाममा कलंक भएको बताए ।
आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता असफल भएको र अहिले आएर पार्टी नै विभाजित गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
नेपालले केपी ओलीको लापरबाही कै कारण नेकपा एमाले पार्टी अहिले मृत अवस्थामा पुगेको बताएका छन् । आफ्नो सम्बोधनको अधिकांश समय ओलीको आलोचनामा खर्चिएका नेपालले पार्टीका केही नेताहरुले बीचैमा आफूलाई धोका दिएको भन्दै गुनासो पनि व्यक्त गरे ।
नेपालले ओली सत्ता बाहेक केही नरोजने व्यक्ति रहेको आरोप लगाउँदै विश्वासको मत नपाउँदा पनि राजीनामा दिएर आफ्नो नैतिकता नदेखाएको आरोप समेत टिप्पणी गरे ।






















