कर्णाली करिडोरमा जिप दुर्घटना, चालकको मृत्यु ११ जना घाइते

जगत ठाडा मगर
२०७८ भदौ १३ | मध्यान्ह ०३:०५ बजे

कर्णाली । कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी १ का विक्रम गिरीको मृत्यु भएको छ भने उक्त गाडीमा सवार ११ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ । सान्नीत्रिवेणी गाउँपालिका–३ आन्तडाबाट लालीघाट जाँदै गरेको क १ ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो।
अहिले स्थानीय र कालीकोट प्रहरी टोलिले घाइतेको उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ।






















