देश

प्रदेश २ मा मन्त्रीको जिम्मेवारी हेरफेर, अर्थमन्त्रीमा साह र कृषिमन्त्रीमा यादव

जगत ठाडा मगर
२०७८ भदौ १३ | मध्यान्ह ०३:०५ बजे

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले दुई जना मन्त्रीलाई हेरफेर गरेका छन् ।

अर्थमन्त्री विजय यादवलाई कृषिमन्त्रीको जिम्मेवारी दिइएको छ भने कृषिमन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । उनीहरु दुवैजना जनता समाजवादी पार्टी (जसपा)का नेता हुन् । मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कारण भने खुलाइएको छैन् ।

मुख्यमन्त्रीले आफ्नो हिसाबले जिम्मेवारी हेरफेर गरेको पार्टीको आन्तरिक मामिलाले बताए ।

कमेन्टहरु