देश

बुटवलमा पहिरो जाँदा ३ घर क्षति, एक दर्जन घर उच्च जोखिममा

जगत ठाडा मगर
२०७८ भदौ १३ | मध्यान्ह ०३:०५ बजे

बुटवल । अविरल वर्षाका कारण पहिरो जादा बुटवल उपमहानगरपालिका–३ ज्योति नगरमा तीन जनाको घरमा क्षति पुगेको छ भने, एक दर्जन घरहरु उच्च जोखिममा रहेका छन् ।
photo 2021 08 29 15 15 35

चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा क्षति पुर्‍याएको छ। निरन्तर परेको पानीले पहिरो अझै खस्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुवँरका अनुसार एक दर्जन जति घरहरु जोखिममा रहेकाले अहिले स्थानीयलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ ।

उनले भने, ‘अझै जोखिम छ । हामीले त्यहाँ रहेका मानिसहरु अन्यत्र सारेका छौँ ।’ बुटवलको गोल पार्कदेखि लक्ष्मीनगर जाने सडकमा पहिरोले क्षति पुर्याएर आवतजावतसमेत अवरुद्ध भएको थियो । पहोरोले त्यहाँ रहेको बिजुलीको पोलसमेत बगाएको छ ।
photo 2021 08 29 15 15 36

प्रत्येक वर्ष बर्षातको मौसममा यहाँका स्थानीयहरुमा पहिरोको त्रास हुने गर्दछ । बस्ती माथिको पहाड थोरै थोरै मात्रामा खस्दा घरहरुमा प्रत्येक बर्ष क्षति हुने गरेको छ ।

कमेन्टहरु