सडक मर्मतको माग गर्दै धनुषामा स्थानीय युवाहरुको प्रदर्शन

जगत ठाडा मगर
२०७८ भदौ १३ | मध्यान्ह १२:०५ बजे

जनकपुरधाम । जीर्ण सडक मर्मत नगर्दा आगमनमा समस्या भएको भन्दै स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।
आइतबार विहानदेखि जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले सडक अवरुद्ध गरेका हुन् । स्थानीयले टायर बालेर र बाँस सडक अवरुद्ध गरेका छन् ।
सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि चासो नलिएका कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको स्थानीय युवहरुको भनाई छ ।
अहिले लगातार वर्षा हुँदा खाल्डोमा पानी जमेर एकदमै समस्या भएको स्थानीयहरुको भनाइ रहको छ । खाल्डोमा पानी जम्दा पोखरी जस्तै बनेको छ ।






















