देश

धनुषामा माछा मार्न निस्किएका सदा मृत फेला

जगत ठाडा मगर
२०७८ भदौ १३ | मध्यान्ह १२:०५ बजे

जनकपुरधाम । माछा मार्न निस्किएका धनुषाको सवैला नगरपालिकाका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

सवैला नगरपालिका वडा नम्बर १२ बर्कुवाका ३० बर्षीय भगवानबाबु सदा शनिबार मृत अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ । उनी बिहान माछा मार्न बिरेन्द्रबजार–महिनाथपुर सडक खण्ड नजिकैको नालामा माछा मार्न गएका थिए । दिउँसो उनी नाला नजिकैको ह्युमपाइपभित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनी मृत फेला परेको बारेमा स्थानीयले नै प्रहरीले जानकारी गराएका थिए । मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कमेन्टहरु