जल तथा मौसम बिज्ञान बिभागद्वारा कपिलवस्तु क्षेत्रमा `अलर्ट´ जारी

जगत ठाडा मगर
२०७८ भदौ १३ | बिहान ०९:०५ बजे

घनश्याम यादव
कपिलवस्तु । जल तथा मौसम विज्ञान विभागले कपिलवस्तु क्षेत्रमा सर्वसाधारण जनताका लागि ‘अर्लट’ जारी गरेको छ ।
पछिल्लो ६ घण्टामा कपिलबस्तु जिल्लाको बाणगंगास्थित बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको छ । यस क्षेत्रमा थप भारी बर्षा हुने सम्भावना पूर्वानुमान रहेको छ, यस क्षेत्रमा भित्र बासोबास गर्ने सर्वसाधारण जनता लागि सावधान तथा सचेत रहन जल तथा मौसम बिज्ञान बिभागले सूचना जारी गरेको हो ।
यस कपिलवस्तु क्षेत्रमा रातिदेखि नै भारी मात्रामा अविरल बर्षाको अवस्था जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बाणगंगा, गुडुङ लगायतका स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ ।
बाढीको कारणले तटीय क्षेत्र डुबानमा पर्ने खतरा रहेको छ । यस क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन विभागको अनुरोध रहेको छ ।






















