देश

विकास र राहत बाँड्न संघसंस्था स्थानिय सरकार भन्दा दुई कदम अगाडि

जगत ठाडा मगर
२०७८ भदौ १३ | बिहान ०९:०५ बजे

महेश यादव (प्रेम)
परासी । आयो बाढि बगायाे खाडि डुब्याे नेताज्युहरुकाे गाडी । नेपाल र भारतकाे छायाँमा परेकाे हुन यी नेपाली ।।

यिनै देश यिनै देशका नेताज्युहरु बने भ्रष्टाचारी ।
हेर्ने काेई छैन हिमाल पहाड र तराई छहारी ।।

जाडाेमा हिउँद र बर्षामा बाढी दुख सुखमा छैनन् नेताहरूकाे वाणीमा भर । बाढी अाउदा अाउछ माेटर गाडी, याे गर्नु त्याे गर्ने भन्ने शब्दहरुकाे खहारी । ।

तराईमा बसाेबास गर्ने भए मधेसी पहाडमा बस्ने पहाडी हेर्नू याे विचित्रको नेपाल । जहाँ एउटै देशमा बसाेबास गरे पनि नागरिकहरु माथि भएछ राजनिती कमाल ।।

बाढीपीडितकाे समस्या बुझि बाढीकाे समस्या समाधान गर्छाै भन्ने बाचा गरेर गए नेता र राजनीतिक दलका सिकारी ।
बाढि अनुगमन र समस्या समाधानका उपाउ खाेज्ने बहानामा अाफ्नै नेतृत्व झलगाउने गरि सेल्फि र तस्बिर निकालि ।।

बाढीपीडितकाे समस्या बुझ्ने र राहत बाड्ने काम गरे संघसंस्था र दातृ निकायले अगाडि । स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, नेता र राजनीतिक दलहरु जहिले नि परे दुईकदम पछाडि ।।

नामको रहेयाे विपत व्यवस्थापन समिति जिल्ला देखि स्थानीय तहसम्म पार्टिकाे गुट जस्तै बनाएको हाे कमिटी ।
गर्ने केही हाेईन अनुगमन र कागज मै लेखेर गर्छन सिमित जनताले गर्ने यहि हाे उमिद ।।

समृद्ध देश शुखि र खुसि नेपाली भन्ने नारामै सिमित गरि गर्ने भए विकासकाे खेतीमा मारामार । नेताज्युहरु पद, कुर्सी र पैसाले भए मालामाल ।।

जनताले दिएको भाेट नेताहरुले पैसाले किनेकाे अाेट उस्ता उस्तै पाए झै भयो पुरस्कार । नेपाली जनता अब एकजुट हाै, देशविकास र जनताको पिरमर्का बुझि बनौं हाेसियार ।।

तपाईहरुकाे माया ममता, स्नेहले, हकअधिकार, दुख र पिडालाई उजागर गरि न्याय दिलाउनकाे लागि म महेश यादव उर्फ ( प्रेम) ले अाफ्नाे बुद्धि, ज्ञान र कलालाई दर्साउदै सत्य र तथ्यमा अाधारित भई लेखिएको सानाे अार्टिकललाई कृपया एकचाेटि पढेर सेयर गर्नुहाेला ।
धन्यवाद

कमेन्टहरु