देश

पाल्पामा घर भत्किँदा एक बालिकाको मृत्यु

जगत ठाडा मगर
२०७८ भदौ १३ | बिहान ०९:०५ बजे

पाल्पा । पाल्पामा अविरल वर्षाका कारण घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ ।

आज बिहान घर भत्किदा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फको गारो भत्किएर च्यापेको थियो ।

गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्टहरु