देश

दोलखा मेलुङ्का गाउँपालिका अध्यक्षको कथालोमा स्थानीयको हात

जगत ठाडा मगर
२०७८ भदौ १२ | मध्यान्ह ०३:०५ बजे

दोलखा । जिल्लाको मेलुङ गाउँपालिका केन्द्र जोरधारा नजिक छ । मेलुङ -३ मुकुनेबाट स्थानीयले सिकिस्त बिरामी जनक बहादुर तामाङलाई उपचारको लागि काठमाडौ लादै गरेको दृश्य हो ।
photo 2021 08 28 15 09 05

स्थानियमा बिकासको नाम शुन्य छ । जहाँ एम्बुलेन्स जाने कुनै सम्भावना छैन । कार्यालय छेवैमा समेत यस्तो हालत हुनु भनेको गाउँपालिकाको बेइजत मात्रै नभै स्थानिय सरकारको उदासिनता र लज्जास्पद अवस्था देखाउछ । तस्बिरमा देखिएको एक चिरिच्याट ढाकाटाेपी र सेतो जुहारिकोट लगाउने राम्रो मान्छे गाउँपालिका अध्यक्ष नरबहदुर श्रेष्ठ ज्यु हुनुहुन्छ ।
photo 2021 08 28 15 09 06

स्थानियले केही बेर अगाडी बिरामी बोक्ने ब्यक्तिहरुले नर बहदुर श्रेष्ठलाई बिरामी लिन आएको हाम्रो गाडी बाटाेमा पहिरो हिलोमा फसेको छ गाउँपालिकाको डाेजरले सफा गरिदिनु पर्यो भनी फोन गर्दा, आफु चरिकोट रहेको र बाटाे सफा गर्न भनिदिन्छु भनेको बिरामीको आफन्तले बताए । तर अध्यक्ष एकछिन पछि बिरामी बोक्नेहरु जोरधारा पुग्दा नरबहादुर श्रेष्ठ त्यहि देखेपछि झुक्याएको र बाटाे समेत सफा नगरिदिदा बिरामीका आफन्त आक्रोशमा आए । त्यो बेलासम्म ३ वटा Strechar समेत भाचिएकोले आक्रोशित हुदै अध्यक्षको कथालो समाउन स्थिती सिर्जना हुन पुग्यो।

स्थानीयको आक्रोश छ । यसको सम्पुर्ण जिम्मेवारी सथानिय सरकारले लिनुपर्छ । बिकास गर्ने बेला निदाएर बस्ने सरकारको नियती यस्तै हुन्छ। बेलैमा होस पुर्याउ अन्यथा यस्तो परिस्थिति अरु सिर्जना नहोस भन्दै गाउँपालिका अध्यक्षलाई स्थानीयले आक्रोश पोखेका थिए।

कमेन्टहरु