शिक्षाले प्रत्येक जिन्दगीलाई सहजता साथ बाँच्ने आधार दिन्छ


दोलखा । दोलखाको बिगु गाउँपालिकास्थित रहेको श्री कालिन्चेाक आधारभुत बिद्यालय थामीचागुँलाई माध्यामिक तह कक्षा ९ संचालनको अनुमती दिएको छ ।

माध्यमिक तह संचालनमा सर्बप्रथम बिगुगाउँपालिकाको स्थानीयहरुको हात रहेकोले सिंगो गाउँपालिका परिवार प्रति बिद्यालय परिवारले हार्दिक आभार प्रकट गरेको छ ।
साथै बिद्यालयलाई यस अबस्थासम्म पुर्याउनका लागि सहयेाग गर्नुहुने बिद्यालय स्थापना कालका ब्यबस्थापन समिति अभिभाबक बर्तमान बिद्यालय ब्यबस्थापन समिति आदणियगुरुहरु शिक्षाप्रेमि अभिभाबकहरुमा हार्दिक नमन ।
यस क्षणमा बिद्यालय परिबार अत्यन्त खुसि ब्यक्त गरिरहेकेा छ । माबि तह अध्ययन गर्नका लागि अन्यत्र जानुपर्ने अबस्थाको अन्त्य भयकेा छ । यससँगै केही जटिलताहरुपनि रहेका छन । उक्त जटिलताहरु पूरा गरि शैक्षिक प्रगतिका लागि सहयेाग पुर्याइदिनुहुन सरकारी, गैर सरकारि संघसस्था, शिक्षा प्रेमि बौद्धिक तह र तप्काका महानुभाबहरुलाइ हार्दिक अनुरेाध छ ।






















