कपिलवस्तुमा बर्षा र बाढीको ताण्डव


घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तुको विभिन्न ठाँउमा बिहीबार राती देखि मुसलधारे पानी परेको र भारी बर्षको कारणले गर्दा कपिलबस्तुको बाणगँगा नगरपालिका वार्ड न . ११ वदारीमा धेरै घर र गोठ जलमग्न भएर डुबानमा परेको छ ।
मुसलधारे बर्षाको कारणले गर्दा बाणगँगा नदीमा पानी धेरै भएको कारणले पानी नदिको तटदेखि माथीतिर बगिरहेको हुँदा वदारीको बजार पनि डुबानमा परेको हो ।
बाढी पसेको कारणले यहाँ अधिकाशं स्थल जलमग्न भएको बजारमा धेरैजसो घरमा पानी भरिएर डुबानमा परेको हो ! राती देखि वदारीमा बाढी आएकोले त्यहा घर परिवार नै बिस्थापित गर्न बाध्य भएका छन !
वदारी गाँउमा बाढी आएपछि धेरैजसो घरमा पानी पसेर। खाद्यान्न ,लत्ताकपडा, फर्निचर, टि भि, फ्रीज, ग्यास सिलेन्डर लगायत जस्ता समान क्षति भएको हो !
तौलिहवा देखि गजेहडा, जितपुर ४ न.जाने सडक अन्तर्गत वदारी पुरा जलमग्न भएर सडक र सडक खण्ड मा पानी भरिएको धेरै साल पछि यस्तो बाढीआएको त्यहाको स्थानीयले बताउनु भएको हो !






















