मकवानपुरबाट ४४ किलो गाँजासहित दुईजना पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ ११ | मध्यान्ह ०५:०५ बजे

मकवानपुर । मकवानपुरबाट प्रहरीले ४४ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
मकवानपुर जिल्लाको मनहरी गाउपालिका-५ जय सिंहस्थित खोलाको किनारामा ४४ किलो गाँजाको भारी बोकी हिंडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीको दावी छ ।
पक्राउ पर्नेमा मनहरी गाउपालिका-५ डिल्लिपुरका २४ वर्षीय रामचन्द्र मोक्तान र सोही गाउपालिकामा बस्ने २२ वर्षीय अर्जुन लोप्चन रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















