देश

राजविराजमा बन्द रहेको पिसिआर परीक्षण सुचारु हुँदै, सतर्कता आपनाउन डा. झाको आग्रह

जगत ठाडा मगर
२०७८ भदौ ११ | मध्यान्ह ०५:०५ बजे

सप्तरी, ११ भदौ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा बन्द रहेको पिसिआर परीक्षण मेसिन एक दुई दिन भित्रमा संचालनमा आउने भएको छ ।

विगत १ महिना मेसिन विग्रेका कारण देखि बन्द रहेको पिसिआर परीक्षण पुनः सुचारु हुन लागको गजेन्द्रनारायण सिंह अस्पतालका निमिति मेडिकल सुपरीडेन्टेन्ट डा. रञ्जित झाले बताए ।

उनले भने ‘एक दुई दिनमै परीक्षण सुचारु हुने’ पिसिआर मेसिनकै व्यवस्थापनका लागि आफू लागि परेको बताउँदै विग्रेको मेसिन नबने नयाँ मेशिन नै जडान गरेर भएपनि परीक्षण शुरु गर्ने उनको भनाई छ ।

डा झाले भने सप्तरीमा कोभिड मापदण्डको पालनामा लापरबाही भईरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले कोभिडको विरामी नभएपनि लापरबाही नगर्न सर्वसाधारण संग आग्रह गरेका छन् । भारतमा लगातार संक्रमितको संख्या बढी रहेको र काठमाडौंमा पनि अवस्था उस्तै रहेकोले कोभिड मापदण्ड पालना गर्दै सतर्कता अपनाउन सुझाव समते दिए ।

“तेश्रो वेभ आउन सक्ने सम्भावना भएकोले अहिले देखि नै सतर्कता अपनाउनु आवश्यक छ” उनले भने “असोज महिना तेश्रो वेभको पिक आवर हुन सक्छ ।” कोरोनाको तेश्रो वेभ आउन सक्ने सम्भावनालाई मध्य नजर गर्दै गजेन्द्रनाराण सिंह अस्पतालमा तयारी भई रहेको डा. झाले बताए ।

कमेन्टहरु