देश

गाउँको राजनीति कर्ताले नै सार्वजनिक वन फडानी गरी घर टहरा बनाईयो

जगत ठाडा मगर
२०७८ भदौ ११ | मध्यान्ह १२:०५ बजे

सिरहा । सिरहाको धनगढीमाई नगरपालीका १२ अहाले सिमलटाेकी भन्ने ठाँउमा सार्बजनिक बाटोको लागि जेसिबीले माटाे सम्याउन लाग्दा स्थानीय राजनिती कर्ता बिजय महतोले स्थानीय मिश्रिलाल महतोमाथी सार्वजनिक वन फडानी गरेको झुठो आरोप लगाई श्रावण ३१ गते डिभिजन वन कार्यालय लहान र सब डिभिजन वन कार्यालय धनगढीमा मुद्दा दर्ता गराएका छन्।

गाउँलेका अनुसार पीडित मिश्रिलाल महतो पुर्ण रुपले सुकुम्बासी रहेको र गाउँकै स्कुलमा कार्यालय सहयोगीको काम गर्दै आफनो जिबन व्यतित गरेका कुरा समाजमा जगजाहेर रेहेका छन् । आरोपी महतो आफ्नो निजि जग्गा जमिन नहुँदा धनगढीमाई नगरपालिका १२ अहाले भन्ने ठाँउमा करिब ४५ बर्ष अगाडिदेखी सार्वजनिक खोलाको करिब १० कठा एलानी जग्गामा खनजोत गरी जिबीको पार्जन गर्ने गरेका स्थानीयको भनाई छन्।

उक्त सार्वजनिक जग्गामा जान आउन अप्ठ्यारो भएकोले बाटोको लागि जेसिबीले माटाे सम्याउन लाग्दा स्थानीय राजनीति कार्यकर्ता बिजय महतो, राज नारायण महतो, रमा साह र श्याम कुमारी महतोले पुर्वाग्राही भएर सुकुम्बासी महतो माथी चरीत्र हत्या गर्न मुद्दा दर्ता गराएका छन्।

पीडित महतो माथी मुद्दा दर्ता गराउने गाउँका स्थानीय आफुलाई ठुलो नेता भनाउने बिजय महतो लगायतका ब्यक्तीहरुले आफनो निजि जग्गा जमिन हुँदा पनि सार्वजनिक वन फडानी गरी सार्बजनिक जग्गामा घर, टहरासमेत बनाएर उपभोग गर्दै आएका छन् ।

गाउँका बिजय महतो समाज सेवामा लागेका ब्यक्ती र कुनै पार्टीको झण्डा बोकेका महतोले झन गरीब असहाई र भुमिहीन सुखुम्बासी जस्ता निमुखा जनतालाई सहयोग गर्ने ठाँउमा उल्टै लालछ्ना लगाई कसैको चरीत्र हत्या गर्ने मन्साय कतिको जाईज रहेको हो।

पीडित महतोका अनुसार अरुको उन्नती प्रगति नहेर्ने राजनीति दलका प्रतिनिधिले आफु माथी राजनीति षड्यन्त्र र योजनाबद्ध तरीकाले आफुमाथी राजनीति प्रहार नै गरेको दुखेसो पत्रकारलाई गुहार माग्दै आफु माथी लागाएको झुठो आरोप सफाईको लागी पत्रकारलाई सुनाएका थिए।

नेता महतो समाजमा पहिलेदेखि नै बदनाम भएको ब्यक्ती हो स्थानीयको आरोप छ। समाजमा पक्षपातको राजनीति समेत गर्दै समाजमा एक अर्कामा सामाजिक मेल मिलापमा खल्ल र बाधा दिने गरेका छन्। कुनै पनि राजनीति पार्टीले सभ्य र समाजलाई सेवा गर्ने बौद्धिक ब्यक्तीलाई महत्त्व र सम्मान गर्ने गरेका राजनीति पार्टीको विधान मै उल्लेख गरेका छन्।

उक्त बिजय महतो जस्तो फोहरी राजनीतिक कार्यकर्ता समाजको लागी घातक नै रहेको पीडित महतोले पत्रकारलाई बताएका छन्। आरोपी पीडित महतोका अनुसार आफु माथी लगाएको मुद्दा उठाउन र समाजमा मेलमिलाप गर्न आग्रह गरेका छन् ।

आरोपी महतो पनि डिभिजन वन कार्यालयमा सफाईका लागी निवेदन दर्ता गराएका छन् ।

कमेन्टहरु