देश

महोत्तरीमा रातु नदीले तटबन्ध कटान गर्दा तिलगढ र रौजा डुबानमा

जगत ठाडा मगर
२०७८ भदौ ११ | बिहान ११:०५ बजे

महोत्तरी, ११ भदौ । महोत्तरीको रातु नदीमा आएको बाढीले बल्वा नगरपालिकाको वडा नम्वर ४ तिलगढमा रातु नदीको तटबन्ध कटान गर्दा तिलगढ डुवानमा परेको छ ।

वर्षा सँगै आएको बाढीले ४ नम्वर वडा पूर्ण रुपमा डुबानमा परेका छ । त्यसतै वडा नम्वर ११ रौजामा समेत तटबन्ध कटान गर्दा रौजा बजार लगायत वस्तीमा समेत पानी पसेको स्थानी लक्ष्मण मण्डलले जानकारी दिए ।

तटबन्ध कटान क्षेत्र तर्फ नेपाली सेना र अन्य सुरक्षा निकायको टोली पठाउन लागिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले वताए ।
यता तिलगढमा केहि घरमा अत्यधिक पानीको बहावले गर्दा उक्त घरमा रहेकाहरुलाई उद्धार गर्ने प्रयास भईरहको उनले बताए ।

कमेन्टहरु