देश

रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

जगत ठाडा मगर
२०७८ भदौ ११ | बिहान ०९:०५ बजे

बुटवल । अविरल वर्षासँगै आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ ।

पुल भासिएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पुल भासिएसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका स्थानहरु डुवानमा परेको छ ।

त्यस्तै निरन्तर वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ । वर्षातका कारण तिनाउ, कपिलवस्तु वाणगंगा नदी आसपासको क्षेत्र उच्च जोखिममा रहेकाले सतर्क रहन प्रहरी र स्थानीय तहले अपिल गरेका छन् ।

कमेन्टहरु