देश

दोलखाको थामीचागुमा जग्गा दलालीको बिगबिगी

जगत ठाडा मगर
२०७८ भदौ ११ | बिहान ०८:०५ बजे

दोलखा । दोलखाको बिगु गाउँ पालिका ८ खोपाचागुको साबिक १ थामीचागुमा जग्गा दलालीको बिगबिगी बढ्दै गएको छ।

त्यहाँको एक स्थानीय देबा थामीले उपभोग गर्दै आएको सार्वजनिक जग्गालाई उनका सालो पर्ने कृष्ण थामीले देबा थामीको सोझो पनको फाइदा उठाएर ललाइ फकाइ गरि उनलाइ केही पैसाको प्रलोभन देखाएर जग्गाको दलाली गरेको हो ।

स्थानीय थामीचागु युवा मंचका अनुसार देवा थामीले उपभोग गरेको सार्वजनिक जग्गाका साथै सुनखानी साङ्बा रोड सँगै थामीचागु बेबिथान अर्थ ठातिपोले खेल मैदानलाई समेत असर पार्ने गरि कृष्ण थामीले सार्वजनिक जग्गाको दलाली गरेका हुन् ।

यसैगरी कृष्ण थामीले सडकलाई समेत अतिक्रमण गरेको कुरा स्थानीय थामीचागु युवा मंचले जनाएको हो ।

कमेन्टहरु