देश

एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य, आज दिउँसो मुख्यमन्त्रीको सपथग्रहण

जगत ठाडा मगर
२०७८ भदौ १० | मध्यान्ह ०१:०५ बजे

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् । बैठकमा ३१ जना सहभागी रहेका थिए ।प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आज दिउँसो सपथग्रहण गर्ने अनौपचारिक जानकारी आएको पुष्टि गरे ।

कमेन्टहरु