देश

तालिबानी लडाकुद्वारा काबुलमा पत्रकारको हत्या

जगत ठाडा मगर
२०७८ भदौ १० | मध्यान्ह ०१:०५ बजे

काठमाडौं । तालिबानी लडाकुहरुले काबुलमा एक जना पत्रकारको हत्या गरेका छन् । टोलो न्युजका पत्रकार जियार खानलाई कुटेर मारिएको भारतीय सञ्चार माध्यम दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ ।

उनले अफगानिस्तानमा गरिवीबारे रिपोर्टिङ गर्दै थिए ।केही समयअघि भारतीय पत्रकार दानिश सिद्दिकीलाई तालिबानले गोली हानेर हत्या गरेको थियो ।

काबुल एयरपोर्टमा खतरापूर्ण अवस्था

काबुल विमानस्थलमा अहिले निकै खतरापूर्ण अवस्था छ । यहाँ अफगानिस्तान छाड्न चाहनेहरुको भिड उत्तिकै छ । यसैबीच अमेरिका, अष्ट्रेलिया र बेलायतले विमानस्थलमा हमला हुनसक्ने भन्दै आफ्ना नागरिकहरुलाई काबुल विमानस्थल नजान आग्रह पनि गरेका छन् ।

विमानस्थल बाहिर बसेका व्यक्तिहरुलाई पनि त्यहाँबाट हट्न निर्देशन दिएका छन् । काबुल विमानस्थलको अगाडिको गेट, पूर्वी गेट वा उत्तरी गेटमा रहेकाहरुलाई त्यहाँबाट तत्काल हट्न अमेरिकी दूतावासले निर्देशन दिएका छन्।

कमेन्टहरु