देश

प्रदेश १ का मुख्यमन्त्री राई राजीनामा दिने तयारी गर्दै

जगत ठाडा मगर
२०७८ भदौ १० | बिहान ०९:०५ बजे

विराटनगर। प्रदेश एकमा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् । आज बिहान ११ बजे बोलाईएको नेकपा एमाले संसदीय दलको बैठमा मुख्यमन्त्री राईले एमाले संसदीय दलको नेताबाट राजीनामा दिने तयारी गरेको बुझिएको छ।

बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आजै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको छ।

मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो। एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या घटिसकेको बताईएको छ।

कमेन्टहरु