दार्चुलामा भिडभाड नगरी गौरा पर्व मनाउन अनुरोध

जगत ठाडा मगर
२०७८ भदौ १० | बिहान ०९:०५ बजे

धनगढी । दार्चुलामा गौरा पर्व भिडभाड नगरी मनाउन अनुरोध गरिएको छ। कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखी सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा भिडभाड नगरी मनाउन अनुरोध गरिएको हो।
बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले गौरामा भिडभाड नगर्न तथा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गराउने निर्णय गरेको छ।
यस्तै सम्पूर्ण स्थानीय तहहरुलाई आआफ्नो पालिकाभित्र भिडभाड नहुने गरी व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको बताइएको छ । १८ वर्ष मुनिका बालबालिकाहरु कोरोनाको तेस्रो लहरको उच्च जोखिम रहेकोले आफ्ना बच्चाहरुलाई भिडभाड हुने स्थानमा नपठाउन पनि अनुरोध गरिएको छ।






















