सामुदायिक, संस्थागत तथा निजी विद्यालय खोल्ने जानकारी सार्वजनिक (हस्ताक्षर सहित)


घनश्याम यादव
कपिलवस्तु ।भदौ ९, कृष्णनगर नगरपालिका प्रमुखको आयोजित बिधालय प्र.अ. बैठकमार्फत निजी विद्यालय भदौ १३ गते देखि खोल्ने अंतिम तयारीमा संस्थागत विद्यालयहरु रहेको सार्वजनिक गरिएको हो ।
आयोजित बैठकमा कृष्णनगर नगर पालिका भित्र रहेको सम्पुर्ण सामुदायिक, संस्थागत तथा निजि बिद्यालयका बिधालय प्रमुख र कृष्णनगर नगरपालिका शिक्षा शाखाका प्रमुख बलराम पन्थी, उपमेयर सबनम खातुन सहित पदाधिकारीहरुको संयुक्त बैठकबसि शिक्षा शाखा कृष्णनगरले गत वर्ष देखि हालसम्म कपिलवस्तुमा covid 19 को संक्रमण दर न्यून र सुधारको दर हेरेर स्वास्थ सुरक्षाको मापदण्ड पालना गर्दै सरकारी कार्यालयहर, हाटबजार, यातायात पुर्ण रुपमा सञ्चालित भएको वर्तमान अवस्थामा स्वास्थ्य मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्न लागिएको कुरा कपिलवस्तुको जिल्ला स्थित संस्थागत र निजि विद्यालयहरुको प्रमुखको र कृष्णनगर नगरपालिकाको तर्फबाट सँयुक्त रुपमा उल्लेख गरिएको छ ।
बैठकमा सल्लाहकारले मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्ने र संभावित संक्रमण दर बढेको अवस्थामा आफू पनि अवस्थाप्रति गम्भीर रहने बताउनु भएको छ । बैठकमा विद्यालय खोल्नु पर्ने बिषयमा व्यापक छलफल तथा बहस गरिएको हो ।
बैठकमा कृष्णनगर नगरपालिका भित्र रहेका सम्पुर्ण संस्थागत विद्यालयका प्र .अ .सहित धेरै जना पदाधिकारीहरुको उपस्थिति रहेको कृष्णनगरका नगर प्रमुख श्री रजत प्रताप शाहले दिनु भएको हो ।






















