देश

पश्चिम नवलपरासीका बाढि पिडित तथा किसानको पीडा

जगत ठाडा मगर
२०७८ भदौ १० | बिहान ०८:०५ बजे

सुरेश यादव
नवलपरासी /भदाै १० । पश्चिम नवलपरासीकाे ३ वटा पालिका का ६० बर्ष देखि बाढिबाट पिडित किसान हिजाे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत ३ बुदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
photo 2021 08 26 08 22 52

लामो समय देखि बाढिको चपेटामा परि कतिपय आम नागरिकले ज्यानसमेत गईरहदा अहिलेसम्म कुनै पनि राजनितिक दल संघसस्थाले समाधानका लागि कुनै किसिमको चासो नदिएको ले अब आरपार को लडाई जनताले लड्ने बताएका छन् । बाढी नियन्त्रण समन्वय समिति नवलपरासी काे आयोजना तथा नवलपरासी युवा समाजकाे सहयोगमा गएका हजारौबाढिपिडिले माग सम्बोधन गर्न माग गरेका थिए ।

परासीको बाईपास देखि सुरुभएको बाढिपिडितको -यालि बुद्धचाेक परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाई कोण सभा सम्पन्न गरिएको बाढि नियन्त्रण समन्वय समिति नवलपरासी का अध्यक्ष रज्जब अलि ले जानकारी दिनुभयो । बाढि नियन्त्रण का उपायहरु तत्काल अवलम्बन गर्नुपर्ने ,बाढिपिडितले लिएको बैंकबाट ऋण ,ब्याज र कर मिनाहा हुनुपर्ने र नस्टबालिनालिहरुको क्षतिपूर्ति दिनुपर्ने माग सहित ज्ञापनपत्र बुझाईएको नवलपरासी युवा समाज का अध्यक्ष धर्मेन्द्र गिरीले बताउनुभयो ।
photo 2021 08 26 08 22 53

उता अबको केही दिनमा माग पूरा नभए प्रदेश सरकारमा ज्ञापनपत्रबुझाउने र माग पूरा गराई मात्र घर फर्किने युवा समाज नवलपरासी का अध्यक्ष गिरिले जानकारी दिनुभयाे । हामी अब प्रदेश सरकारका मुख्यमन्त्री लाई ज्ञापनपत्र बुझाई समाधानको उपाय निकाल्न मुख्यमन्त्री लाई दवाब स्वरुप अनसन समेत बस्ने तयारि गरेको गिरिले बताउनुभयो । जबसम्म माग पूरा हुदैन तब सम्म प्रदेशमा अनसन जारि राख्ने गिरिले बताउनुभयो ।
photo 2021 08 26 08 22 54

कार्यक्रममा सरावल गाउँपालिकाका वडा न ७ का वडाअध्यक्ष हेयात खान धुनिया ,समाजसेवी रामभवन यादव ,दिपक क्षेत्री ,केदार कुशवाहा लगायतले बाढिपिडितको माग तत्काल सम्बोधन गरिनुपर्ने कुरामा जोड दिनुभयो ।

photo 2021 08 26 08 22 55

photo 2021 08 26 08 22 58

photo 2021 08 26 08 22 51

कमेन्टहरु