ज्ञानदा एकेडेमीद्धारा अन्तर विद्यालय गायन प्रतियोगिताको आयोजना सप्पन्न


पर्सा । ज्ञानदा एकेडमीले अनलाईको माध्यमबाट अन्तर विद्यालय गायन प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा भारत र नेपालका गरी सय जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको नियमानुसार १८ जना विद्यार्थीहरु प्रथम चरणमा छानिएका थिए भने द्धितीय चरण अन्तर्गत फाइनलमा सात जना र अन्तिम चरणमा चार जना विद्यार्थी सफल भएका थिए । अन्तर विद्यालय गायन प्रतियोगिता अन्र्तगत पहिलो स्थानमा साउथ जोन मा. वि. का सुरज पटेल, दोस्रो स्थानमा चिल्ड्रेन वल्र्ड मा. वि. का विजेता राई, तेस्रो स्थानमा सिद्धार्थ मा. वि. का सेमुअल थामी र दर्शकछनौट पुरश्कार अन्तरगत दिल्ली पब्लिक स्कूलकी श्रुती यादव विजयी भएका थिए ।
विजयी विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक डा. सि. बी. जदली ज्यूले पुरस्कार वितरण गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु र उनीहरुका अभिभावकले समेत सहभागिता जनाएका थिए । यसै क्रममा सहभागि अभिभावकहरुले यस्तो कार्यक्रम आगामि दिनहरुमा पनि हुनुपर्ने धारणा राखेका थिए ।

अन्तिममा ज्ञानदा एकेडमीका प्रधानाध्यापक डा. सि. बी. जदली रहेका प्रतिभाहरुको कदर तथा खोजी गर्नुका साथै भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरु गर्दै जाने कुरा व्यक्त गर्नु भयो ।






















