देश

पश्चिम नवलपरासीमा पहिलो पटक मुख्य मन्त्रीकाे आगमन

नवलपुर टुडे
२०७८ भदौ ९ | मध्यान्ह ०४:०५ बजे

नवलपरासी /भदौ ९ । आज पश्चिम नवलपरासीको पाल्हिनन्दनमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीको आगमन भएको हो । याेेग कम्युनिस्ट लिग नेपाल पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँ कमिटी भेला कार्यक्रम मुख्य मन्त्री केसीले उद्घाटन गर्नुभएकाे थियाे ।
photo 2021 08 25 15 59 23

पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुुप्ता (दिपक) काे अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीकाे प्रमुख आतिथ्यता भेला कार्यक्रम सम्पन्न भएकाे हाे ।

भेला कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पुर्वधार मन्त्री सहसराम यादव, मन्त्री अजय साही, नेकपा माबादीका जिल्ला इन्चार्ज घनश्याम यादब, नेकपा एमालेका जिल्ला अध्यक्ष भबिश्वर तिवारि आजाद, सुर्य न्यौपाने, YCL नेपालका जिल्ला अध्यक्ष दिपक राना, YCLनेपालका केन्द्रीय बिभाग सदस्य हरि भण्डारि, पालिनन्दन गा पा YCL नेपालका अध्यक्ष कमलेश यादब र पाल्हिनन्दन गा.पा वर्डा नं ३ का वडा अध्यक्ष गाेधन हरिजन लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

photo 2021 08 25 16 00 07

कमेन्टहरु