स्वास्थ्य सामग्रीको अभावमा कोही उपचारबाट बन्चित हुन नपरोस


कपिलवस्तु । बैशाख २५ गते देखी सुरु गरिएको साझा प्रयास अभियान तीन महिना सम्म निरन्तर कृयाशील रही आज भाद्र ८ गते स्वास्थ्य सामग्री हस्तांतरण, सम्मान तथा आर्थिक प्रतिबेदन सार्बजनिकिकरण कार्यक्रम आयोजना गरि कपिलवस्तु नगरपालिकाको कोभीड अस्पताललाई अझ प्रभावकारी बनाउने उदेश्यले साझा प्रयास अभियानका संरक्षक बिकास प्रेमी नगरपालिकाका उप मेयर आदरणीय लक्ष्मी गुप्ता साव ज्युलाई रु ३५००००/- बराबरको स्वास्थ्य सामग्री प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री चक्रपाणि पाण्डेय ज्युले हस्तान्तरण गर्नु भयो ।

बैशाख २५ गते देखि सुरु भएको साझा प्रयास अभियान को “कोभिड दोश्रो लहरको प्रतिकार्य” “कोभिड तेश्रो लहरको बचाव कार्य” यात्रा जारी नै रहेको स्वागत मन्तब्य दिदै साझा प्रयास अभियानका सचिव लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवाली ज्युले जानकारी दिनु भयो । हस्तान्तरण कार्यक्रममा बोल्दै दोश्रो लहरबाट पार पाउन सामाजिक तथा ब्यवसायिक संस्थाहरु संग कोर्डिनेशन मिटिंग गरी आक्सीजन सिलिंडर, स्वास्थ्य सामग्रीको उपलब्धता गराउने कार्य गरियो । त्यस्तै बहादुरगंज अस्पतालमा निसुल्क खाना तथा नास्ता, तौलिहवा अस्पताल, कोभीड अस्पताल एवं सुरक्षाकर्मी हरुलाई दुई टाइम चिया नास्ता तथा अति बिपन्नहरुको घर दैलोमा पुगी राहत बितरण गर्ने कार्य गरिरहेका छौ ।
आक्सीजनको अभावमा बिजय नगर की एक महिला आक्सीजन सहित आईसियु बेडका लागी तौलिहवा रिफर भएर आईन तर तौलिहवामा आईसियु बेड नपाई पुनः बिजय नगर जाने क्रममा ज्यान गुमाएको स्मरण गरि प्रत्येक पालिकाहरुमा आक्सीजन कन्सन्ट्रेटर उपलब्ध गराउने संकल्प लियौ र त्यसको सुरुवात बुद्ध भुमि नगर पालिकाबाट शुरू गर्यौ । निकट भविष्यमा जिल्ला अस्पतालमा थप ५ बेड आईसियु हस्तांतरण गर्ने संकल्प लिएका छौ । मृत्यु पस्चात सम्मान पुर्बक दाहसंस्कार हुन पाउने अधिकार हुदाँ हुदै नगर पालिकाको फोहर फाल्ने ट्रेक्टरबाट लास ब्यबस्थापन गर्नु परेको संझी अस्पतालको साझेदारीमा सव बाहन संचालन गर्ने संकल्प पनि लिएका छौ ।
कार्यक्रम संचालक प्रेस युनियनका सभापति एवं साझा प्रयास अभियानका कोषाध्यक्ष गोपाल भण्डारी ज्युले भन्नु भयो । कपिलवस्तु नगरपालिका र साझा प्रयास अभियानको साझेदारीमा सामुदायिक सरुवा रोग अस्पताल निर्माण कार्यको सुभारम्भ गर्ने हाम्रो लक्ष्य रहेको छ, कोषाध्यक्ष गोपाल भण्डारी ले भन्नु भयो। वहाँले आर्थिक तथा प्रगति प्रतिबेदन पनि पढेर सुनाउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथि उप मेयर लक्ष्मी गुप्ता ज्युले दाताहरुलाई सम्मान पत्र दिई साझा प्रयास अभियानलाई धन्यवाद दिनु भयो । साथै साझा प्रयास अभियानलाई पालिकाले सहयोग गर्ने बचन पनि दिनु भयो । सरुवा रोग अस्पताल निर्माण अभियानमा साझा प्रयास अभियानको सहभागिता अवस्य हुन्छ भन्दै साझा प्रयास अभियान संग हातेमालो गरि अघि बढ्ने समेत उदघोष गर्नु भयो ।
हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेय ज्युले कोभीड दोश्रो लहरको बखत आफ्नो ज्यान को प्रवाह नगरी बिशिष्ट सेवा दिएका एम्बुलेंस चालक ७ जनालाई दोसल्ला ओढाई सम्मान गर्नु भयो । साझा प्रयास अभियानको कर्यको सरहना गर्दै जिल्लाको स्वास्थ्य अवस्था सुदृढ गर्न स्थानीय सरकार लगायत सबैको सहयोगको खांचो छ भन्नु भयो । कपिलवस्तु नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य दाताहरुको तर्फबाट बरिष्ठ समाजसेवी राजु प्रसाद अर्यालले आ- आफ्नो भनाई राख्नु भएको थियो।
दोश्रो लहरको बखत प्रमुख जिल्ला अधिकारी ज्युको दुरदर्शिता एवं प्रहरी उपरिक्षक नवराज अधिकारी ज्युको लगनसिलताले जिल्लाले कम क्षति ब्यहोरेको भन्दै कार्यक्रमका अध्यक्ष रवि ठाकुरले सम्मान ब्यक्त गर्नु भयो । सम्पूर्ण दाताहरुलाई धन्यवाद दिदै बर्षाको मौसममा पनि भिज्दै उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुमा साझा प्रयास अभियानको तर्फबाट अध्यक्ष ठाकुरले हार्दिक आभार ब्यक्त गर्नु भयो। सहयोगी हातहरुलाई नमन्। यो महामारीबाट पार पाउन तपाईंहरु सबैको सहयोगको खांचो छ समयमै सहयोग गरी पुन्य कमाउ अब आउने तेश्रो लहरबाट जनता जनार्दनको ज्यान बचाउं भन्दै अध्यक्ष ठाकुरले कार्यक्रम समापन गर्नु भएको थियो।






















