लागूऔषध गाँजा सहित सिराहाबाट एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ ८ | मध्यान्ह ०८:०५ बजे

बिनोद मण्डल
सिराहा । सिराहामा प्रतिबंधित लागूऔषध गाँजा सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा साबिक बिष्णुपुरकट्टि – ४ हालको धनगढी माई नगरपालिका- १३ का ५० बर्षिय गोपाल तामाङ रहेको छ ।
उनलाई धनगढीमाईको असारे बजारबाट मंगलबार दिउँसो १२:५५ बजे इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टि र अस्थाई प्रहरी पोष्ट पक्लिटोलबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा पक्राउ गरेको हो ।
तामाङलाई खानतलासी गर्दा लुकाई छिपाई राखेको २ किलो ८०० ग्राम लागूऔषध गाँजा बरामद गर्दा प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानले बताएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।






















