देश

काठमाडौबाट स्रोत नखुलेको साढे ८५ लाखसहित तीन पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ ८ | मध्यान्ह ०७:०५ बजे

काठमाडौ । प्रहरीले स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँसहित तीन अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका ३२ वर्षीय लक्ष्मण पौडेल, रिन्कु भनिने अभिशेष अग्रवाल र मधुसुधन खड्का छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू हुन्डी कारोबारसँग सम्बन्धित हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।

कमेन्टहरु