देश

माधव नेपालसंगै पूर्वमन्त्री प्रेम आले पनि चन्द्रागिरिमा

जगत ठाडा मगर
२०७८ भदौ ८ | बिहान ०८:०५ बजे

धनगढी । चन्द्रागिरिमा जारी माधव नेपाल समूहको बैठकमा केपी ओली सरकारका वनमन्त्री प्रेमबहादुर आले पनि पुगेका छन् । बैठकमा आलेसहित ३१ जना सांसद पुगेका हुन्।

केपी ओली निकट मानिने आले मन्त्री पद गुमेदेखि माधव नेपाल संग नजिक छन् । उनी नयाँ पार्टी दर्ताको क्रममा पनि निर्वाचन आयोग पुगेका थिए । नयाँ पार्टी निर्माणमा जुटेको नेपाल समूह पार्टीको विधाननिर्माणका लागि चन्द्रागिरिमा भेला भएका छन्।

माधव नेपाल समूह अहिले नेकपा एमालेबाट विभाजित भएर एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामा छ । निर्वाचन आयोगले सो समूहको निवेदन सनाखत गरिरहेको छ । विगतमा पूर्वमन्त्री आले ओली सरकारको बचाउमा दिएका अभिव्यक्तिका कारण चर्चामा आएका थिए।

कमेन्टहरु