ढल्याे खाेटाङका शिक्षा क्षेत्रकाे धराेहर


खोटाङ । जिल्लाको शैक्षिक आन्दोलनको धरोहर एबं राजनितीकर्मी शुभसेर राईको देशबसानले खोटाङको शैक्षिक तथा राजनितिक इतिहाँसमा अपुरणिय क्षती पुगेको छ ।
२००६ साल श्रावण २७ गते जन्मनु भएका राईको पालामा बार्षिक हिँउदमा शिक्षक खोजेर बारीमा चित्राले बारेर पढ्नु पर्ने पछी औपचारिक शिक्षा लिएर २०२४ सालमा एस.एल.सी परिक्षा उतिर्ण गरेसंगै लिकुवा पोखरीको तत्कालिन बिणा प्रा.बि.मा अध्यापन गराउदै पछि सहयोगी प्रा.वि. र पछिल्लो समया श्री चम्पावती मा.वि बाट अबकास पा्रप्त गर्नु भएका राईको रक्त चापको कारण भाद्र ५ गते असामयिक निधन भएको परिवारिक श्रोतले जनाएको छ ।
खोटाङको शैक्षिक आन्दोलनको नेतृत्व गर्दै २०३८ साल बैशाख २ गते देखी नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको ४ पटक सम्म अध्यक्षको जिम्मेवारी बहन गर्नु भएका पुर्ब शिक्षक राईको देहबसानले खोटाङको शैक्षिक एबं राजनितिक इतिहाँसमा अतुलनिय क्षती पुगेकोले मृतक राईको पार्थीव शरिरमा सम्मान स्वरुप झण्डा ओढाउने क्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनले ५० हजार रुपैयाको अक्षय कोष निर्माण गर्ने संगठनका अध्यक्ष मनकाजी राईले घोषणा गर्नु भएको छ ।
नेपाली साहित्यको कविता बिद्यामा कलम चलाउनु हुने राईको उ बेलै राजनितिक चेत भएका कारण नेकपा एमालेको पुर्ब जिल्ला कमिटी सदस्य,जिल्ला कमिटी सल्लाहकार हुँदै १ नं.प्रदेश कमिटीको सल्लाहकार समेत रहेर कुशल राजनैतिक अभिभाबकको भुमिका निर्वाह गर्नु भएको अभिभाबकको निधनले बदलिंदो राजनितिक अबस्थालाई समेत अतुलनिय क्षती पुगेको नेकपा एमालेको जिल्ला अध्यक्ष राम प्रसाद दंगालले बताउनु भएको छ ।
श्रीमती एबं २ छोरा २ छोरीका अभिभाबक समेत रहनु भएका राईका ज्येष्ठ सुपुत्र देवविक्रम राई बुबाबाटै अभिप्रेरित भएर आँफुले पनि शिक्षण पेशा हुँदै मुलधारको राजनितीमा प्रबेश गरी नेकपा एमालेको जिल्ला पार्टी सचिबको रुपमा क्रियाशिल रहेको बताउनु भएको छ ।






















