देश

ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणका, अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

जगत ठाडा मगर
२०७८ भदौ ६ | मध्यान्ह ०९:०५ बजे

काठमाडौँ । वाईवाई ग्लोकल टिन हिरो २०२१ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर किशोरीहरुबाट कुल ६११ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करण हो । यस वर्ष सेप्टेम्बर १, २०२१मा अन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ । किशोर किशोरीहरु समाज सेवा, बाल अधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षण जस्ता विविध क्षेत्रमाकाम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छनः

१ अनुरागचापागाईं, १८ बर्ष, यूटुबर, नवलपरासी
२ दीपक सुतिहार, १९बर्ष,सामाजिकउद्यमी, सप्तरी
३ खुस्बु भण्डारी, १८बर्ष, वन्यजन्तु संरक्षणवादी, चितवन
४ नेहा गुरुङ, १९बर्ष, सामाजिकअभियन्ता, काठमाडौं
५ प्रन्जलचालिसे,१९बर्ष, टेक्नोप्रेनेउर, काठमाडौं
६ सभ्या राई, १९बर्ष, शिक्षा अभियन्ता, इलाम

अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२१ को बिजेता घोषणा गरिने छ । यस बर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत श्रीमती नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक, श्रीमती विधुसी राणा, सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक श्री वरुण चौधरी, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक श्री आदर्श अवस्थी, र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष, श्री सौरभ ज्योति,रहनु हुनेछ । यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन । उम्मेदवारहरूलाई मतदान गर्न, तपाईंको मनपर्ने फाइनलिस्टको मतदान कोड ३३००१ मा एसएमएस गर्न सक्नु हुनेछ ।

फाइनलिस्टहरूका लागि मतदान कोडहरू यसप्रकार रहेका छन:

१ अनुराग चापागाइ– GTH<space>AC टाइप गरी ३३००१ मा एसएमएस पठाउने
२ दीपक सुतिहार GTH<space> DS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
३ खुस्बु भण्डारीे – GTH<space> KB टाइप गरी ३३००१ मा एसएमएस पठाउने
४ नेहा गुरुङ– GTH<space> NG टाइप गरी ३३००१ मा एसएमएस पठाउने
५ प्रन्जलचालिस GTH<space> PC टाइप गरी ३३००१ मा एसएमएस पठाउने
६ सभ्या राइ–GTH<space> SR गरी ३३००१ मा एसएमएस पठाउने

सेप्टेम्बर १, २०२१मा ग्लोकल टिन हिरोे नेपाल अन्लाईन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्यविविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनिहुनेछ । देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँ गबिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीनुभएको छ । ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युनेस्को र युरोपेली संघ, आधिकारिक होटल साझेदार का रुपमा द्सोल्टीहोटेल, पार्ट्नरका रुपमाकोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, डब्ल्यूडब्ल्यूएफ नेपाल, द् ब्रिटिश कलेज, आतिथ्य पार्टनरः कोजीहोम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुपअफ हसपीट्यालीटी ,एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, शिक्षा पार्ट्नरमा किङ्स कलेज, विद्या संस्कार र चेल्सी कलेज, पीआर पार्ट्नरमाभी – चित्र, टेलिभिजन पार्ट्नरमा योहो टेलिभिजनर समर्थकमाःवर्ल्डलिंक, ईसेवा, यु यनभि,गेनेसे क्लाउड एकेडेमी, आईसेक, क्विक्स रभ्यू योर चोइस रहेका छन।

कमेन्टहरु