बिश्व

हिज्बुल्लाहद्वारा इजरायलमा ड्रोन आक्रमण, लेबनानमा आईडीएफको कारबाही तीव्र

एजेन्सी
२०८२ चैत्र ३० | मध्यान्ह ०६:१२ बजे

बेरुत । पश्चिम एसियामा तनाव थप चुलिँदै गएको छ । लेबनानी सशस्त्र समूह हेजबुल्लाहले सोमबार इजरायलको शोल्मी  क्षेत्रमा इजरायली सैनिकहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको जनाएको छ ।आक्रमणपछि उक्त क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) ले हवाई आक्रमणको चेतावनी  जारी गरेको थियो ।

यसैबिच लेबनानको दक्षिणी भागमा आफ्नो सैन्य कारबाही विस्तार गरिएको आईडीएफले बताएको छ । बिन्त ज्बेइलमा गरिएको आक्रमणमा करिब १०० जना हिज्बुल्लाह लडाकु मारिएको दाबी इजरायली सेनाले गरेको छ । 

साथै, सो क्षेत्रमा ठुलो परिमाणमा हतियारहरू फेला परेको पनि आईडीएफले जनाएको छ । 

कमेन्टहरु