नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन

नवलपुर टुडे
२०८२ चैत्र २९ | मध्यान्ह ०६:१२ बजे

काठमाडौं, चैत २९। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले मधेश प्रदेशका विभिन्न अस्पतालहरूको स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।मन्त्रालयले वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज सम्बन्धी गुनासोहरूको सत्यतथ्य छानबिन गर्न विशेष टोली खटाएको हो । टोलीमा डा।फणिन्द्र प्रसाद बराल र राज कुमार पाण्डे लगायत रहेका छन् ।
मन्त्रालयका कम्प्युटर अधिकृत सुवास अधिकारीद्वारा जारी सूचनामा मन्त्रालयस्तरीय निर्णयअनुसार उक्त कार्य अगाडि बढाइएको उल्लेख गरिएको छ । न्यूज बैंक

















