खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

पाण्डुसैनमा भलिबल प्रतियोगिता सञ्चालन

उमेश रोकाया
२०८२ चैत्र २९ | मध्यान्ह ०५:१२ बजे

बाजुरा , चैत २९ । बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका -१० पाण्डुसैनमा भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । भ्याली स्पोर्ट्स कलब आयोजना भलिबल प्रतियोगिता कार्यक्रम आइतबार दिउँसोबाट खेल सुरु गरिएको छ ।

उक्त कैलाश आधारभूत विधालयका विधालय व्यवस्थापन समिति अध्यक्ष कलक बोहरा र बुढिनन्दा नगरपालिका -८ का वडा अध्यक्ष केशव शाही द्वारा भलिबल प्रतियोगिता कार्यक्रम भलिबल उठाएर उद्घाटन गर्नुभएको छ । भलिबल प्रतियोगितामा ८ वटा टिम सहभागिता रहेका छन । खेलमा प्रथम हुने खेलाडीहरुलाई टिमलाई खसी दिइने भएको छ ।

दोस्रो स्थानलाई सानो खसीको व्यवस्था गरिएको आयोजकले बताएको छ । भलिबल खेल बैशाख १ गते बिहान भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न हुने खेलाडीहरुलाई खेल खेलाइने भएको छ । पहिलो दिनमा दुइटा खेल खेले भएको छन । बाकी रहेका टिमहरूलाई आजदेखी नयाँ वर्षको पहिलो दिनसम्म खेल खेलाइने छ ।

कमेन्टहरु