विश्व

अविश्वास र शंकाबिच वार्ता सम्पन्न : इरानी विदेश मन्त्रालय

एजेन्सी
२०८२ चैत्र २९ | मध्यान्ह ०२:१२ बजे

तेहरान ।  इरानको विदेश मन्त्रालयले पाकिस्तानको इस्लामावादमा सम्पन्न शान्ति वार्ता अविश्वास, शंका र सन्देहले भरिएको वातावरणमा भएको जनाएको छ । अमेरिका र इरानबिच पहिलो चरणमै सहमति हुने अपेक्षा कहिल्यै नगरिएको पनि मन्त्रालयले जनाएकाे छ ।मन्त्रालयका प्रवक्ता स्माइल बाघाईले  स्टुडेन्ट न्युज नेटवर्क सँगको कुराकानीमा भने, ‘सुरुदेखि नै एउटै बैठकमा सहमति हुन्छ भन्ने अपेक्षा गर्नु उचित थिएन । यस्तो अपेक्षा कसैले पनि गरेको थिएन ।’

बाघाईका अनुसार ४० दिनभन्दा बढी समय चलेको ‘थोपरिएको युद्ध’ र हालै लागू भएको युद्धविरामपछि वार्ता भएकोले वातावरण सहज थिएन । यसअघि उनले अमेरिकालाई ‘अत्यधिक माग’ नराख्न आग्रह पनि गरेका थिए ।

वार्ता निष्कर्षमा नपुगे पनि उनले कूटनीतिक प्रयास जारी रहने सङ्केत दिएका छन् । ‘कूटनीति कहिल्यै अन्त्य हुँदैन, उनले भनेका छन् । 

कमेन्टहरु