इस्लामावादबाट फिर्ता भए इरानी प्रतिनिधिमण्डल

एजेन्सी
२०८२ चैत्र २९ | मध्यान्ह ०१:१२ बजे

इस्लामावाद । इरानी प्रतिनिधिमण्डल इस्लामावादबाट फिर्ता भएको छ । इरानको अर्धसरकारी समाचार संस्था मेहर समाचार एजेन्सीका अनुसार संसद्का सभामुख मोहम्मद–बाकर घालिबाफको नेतृत्वमा रहेको टोलीले स्थानीय समयअनुसार बिहान करिब ९ बजे इस्लामावाद छाडेको हो ।
शान्ति वार्ता निष्कर्षमा पुग्न नसकेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्ससहितको अमेरिकी प्रतिनिधिमण्डल इस्लामावादबाट फिर्ता भएपछि इरानी टोली पनि बाहिरिएको हो ।

















