प्रधानमन्त्री शाहलाई गाली गर्ने युट्युबर पक्राउ

नवलपुर टुडे
२०८२ चैत्र २९ | मध्यान्ह १२:१२ बजे

काठमाडौं । प्रधानमन्त्री बालेन शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज गरेर सामग्री प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ गरेको छ।
उनलाई प्रहरीले हेडस् नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा पक्राउ गरेको हो। पोखरेललाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















