शिक्षा, समाचार, समाज

ऑक्सफ़ोर्ड इंग्लिश एकेडमीको पहिलो बार्षिकोत्सव सम्पन्न

नन्द किशोर कुर्मी (लालु)
२०८२ चैत्र २९ | बिहान ०७:१२ बजे

कपिलवस्तु, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एकेडमीको पहिलो बार्षिकोत्सव भब्य र सभ्य तरीकाले शनिवार सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक अरशद खान, डायरेक्टर फजल मो. खानको र यसै विद्यालयका सम्पूर्ण शिक्षिकाहरुको अहम भूमिकाको कारणले कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो।

यस विद्यालयको विशेषता हेर्ने हो भने यो विगत १५ वर्ष देखि उत्कृष्ट पढाईका साथ चलिरहेको छ। दिन प्रतिदिन यो विद्यालय प्रगति गर्दै आफ्नो क्षेत्रमा चर्चाको विषय भएको छ । यस कार्यक्रममा धेरै विद्यार्थीहरु नाटक, संगीतमा भाग लिई अभिभावक र गुरुजनहरुको मन जितेका थिए।यस्तै गरी शनिवारको दिन प्रथम बार्षिकोत्सव सम्पन्न भएको छ । 

कार्यक्रममा कृष्णनगर नगरपालिकाको मेयर रजत प्रताप शाह प्रमुख अतिथि, विशिष्ट अतिथि कृष्णनगरका इंस्पेक्टर,रेनु शर्मा, राहुल मोदनवाल, सोनू मोदनवाल, संजय गुप्ता, मौलाना मकसूद, आलोक ओझा, तफ़्सीर अहमद, गुफरान अहमद, साकिर, धीरेंद्र विक्रम सिंह, नारायण भण्डारी पत्रकार लगायत धेरै अभिभावकहरुको उपस्थित रहेको थियो ।

कमेन्टहरु