आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

रासस
२०८२ चैत्र २८ | बिहान ०६:१२ बजे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार बिहीबार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाएको गोलीबाट गैँडाको मृत्यु भएको हो ।
आत्मरक्षाका लागि गैँडा धपाउन १४ राउन्ड हवाई फायर गर्दा पनि गैँडा नभागेपछि आक्रमणमा परेका सिपाहीको बचाउका लागि थप दुई राउन्ड गोली चलाउँदा गैँडालाई लागेको निकुञ्जले जनाएको छ । गोली लागेर अन्दाजी २४ वर्षको पोथी गैँडाको घटनास्थलमै मृत्यु भएको हो ।

















