दुबई यूएई

विदेशमा समस्या परे? कन्सुलरको अनलाइन पोर्टलमार्फत सजिलै निवेदन दर्ता

कबिराज राजबंशी
२०८२ चैत्र २७ | मध्यान्ह ०६:१२ बजे
 विदेशमा रहेका नेपालीका लागि अनलाइन सेवा पोर्टल सञ्चालनमा

प्रवास दुबई, यूएई| वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको खोजतलास, उद्धार, क्षतिपूर्ति निवेदन तथा विदेशमा मृत्यु भएका नेपालीहरूको शव नेपाल पठाउने प्रक्रियालाई सहज बनाउन कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।

विभागका अनुसार उक्त पोर्टलमार्फत दर्ता गरिएका निवेदनहरू सम्बन्धित नेपाली दूतावासमा सिधै प्राप्त हुनेछन्। यसले सेवाग्राहीलाई आफ्नो निवेदनको अवस्था (Status) हेर्न, प्रक्रिया बुझ्न र कामको प्रगति ट्र्याक गर्न सहज बनाउनेछ।

👉 अनलाइन पोर्टल: https://legal.nepalconsular.gov.np/

📄 निवेदन दर्ताका लागि आवश्यक विवरणहरू:

  • खोजतलास वा उद्धारका लागि सम्बन्धित व्यक्तिको राहदानी (Passport) र Emirates ID को प्रतिलिपि
  • काम गर्ने कम्पनी तथा स्थानको विवरण
  • निवेदकको नाता र सम्पर्क नम्बर
  • क्षतिपूर्ति सम्बन्धी निवेदन कानुनी हकवाला व्यक्तिबाट मात्र दर्ता गर्न सकिने

⚠️ महत्वपूर्ण बुँदाहरू:

  • एउटै निवेदन पटक–पटक दर्ता गर्न आवश्यक छैन
  • निवेदकले आफ्नो निवेदनको अपडेट आफै अनलाइन हेर्न सक्ने
  • जहाँबाट पनि परिवार वा आफन्तले निवेदन दर्ता गर्न सक्ने सुविधा
  • प्रक्रिया छिटो, सहज र व्यवस्थित बनाउन पोर्टल सञ्चालन

कन्सुलर सेवा विभागले सम्पूर्ण सरोकारवालाहरूलाई आफ्ना गुनासा तथा निवेदनहरू अनिवार्य रूपमा अनलाइन पोर्टलमार्फत दर्ता गर्न आग्रह गरेको छ।

कमेन्टहरु