मेलनिया ट्रम्पले गरिन् जेफ्री एप्स्टिनसँग सम्बन्ध अस्वीकार


वासिङ्टन डीसी । अमेरिकन प्रथम महिला मेलनिया ट्रम्पले यौन दुराचारी जेफ्री एपस्टिनसँग आफ्नो कुनै पनि सम्बन्ध रहेको दाबी अस्वीकार गरेकी छिन् । ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्ता आरोपहरू आजै समाप्त हुनुपर्ने बताएकी छिन् । बिहीबारको अप्रत्याशित घोषणामा उनले एप्स्टिनका यौन तस्करीका पीडितहरूका लागि अमेरिकी कांग्रेसमा औपचारिक सुनुवाइ गरिनुपर्ने माग गररेकी छिन् ।
एप्स्टिनसम्बन्धी फाइलमा सार्वजनिक भएको सन २००२ को इमेलबारे प्रतिक्रिया दिँदै उनले त्यसलाई “सामान्य शिष्टाचारपूर्ण संवाद” मात्र भएको दाबी गरेकी छिन् । उक्त इमेलमा “जी” लाई सम्बोधन गरिएको छ । मेलमा जी भनेर घिस्लेन म्याक्सवेललाई सम्बोधन गरेको बुझिएको छ । सो सन्देशमा न्यूयोर्क म्यागजिनमा प्रकाशित एक कथाबारे प्रशंसा गरिएको देखिन्छ । उक्त लेखमा डोनाल्ड ट्रम्पले एप्स्टिनलाई “रमाइलो व्यक्ति” भन्दै प्रशंसा गरेका भनाइहरू पनि समावेश थिए ।
मेलनियाले एक्कासि यो घोषणा किन गरियो भन्ने कुरा स्पष्ट छैन । मेलनियाको कार्यालयले पनि उनले एपस्टाइनबारे बयान दिने कुनै पूर्व संकेत थिएन । ह्वाइट हाउसले उनको टिप्पणीलाई दैनिक तालिकामा राख्दा पहिले यो विषय साझा गरेको थिएन ।






















