मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमाली गाउँपालिकाको -१ नेटा गाउँ सडक संजाल जोडियो

उमेश रोकाया
२०८२ चैत्र २७ | बिहान ११:१२ बजे

बाजुरा, चैत २७ । बाजुराका दुर्गम गाउँ बस्तीहरू पछिल्लो समय सडक सञ्जालसँग जोडिन थालेका छन् । स्थानीय सरकारले ग्रामीण सडक निर्माणलाई पहिलो प्राथमिकतामा राख्दै आवतजावत र दैनिक उपभोग्य सामान ढुवानी गर्न निकै सहज भएको छ ।

हिमाली गाउँपालिका -१ का स्थानीय धन बहादुर थापा भन्नुभयो , “पहिला गाउँमा सडक नहुँदा दुई दिन पैदल यात्रा गरेर कोल्टी मार्तडीबाट दाल, चामल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामान ल्याउनु पर्ने हुन्थ्यो । अहिले सडक पुगेपछि ती उपभोग सामान गाडीमार्फतै घरमै पुग्छन् ।

घरबाट जिप चडेर गाउँ बाहिर जानुपर्ने अबस्था धेरै सहज भएको छ । गाउँ अधिकासं मान्छेहरु गाउँपालिका देखि जिल्ला बाहिर जानुपरे पनि गाडीमा चढेर सजिलै जान सकिन्छ।” सडक नहुँदा तरकारी खेती गर्न कठिनाइ हुने गरेको थियो ।

अहिले गाउँ नजिक सडक पुगेसँगै फलफुल र तरकारी खेती गर्ने वातावरण बनेको छ । थापाले भन्नुभयो, “गाउँमा उत्पादन गरेको तरकारी गाडीमा राखेर कुवाडी र धुलाचौर बजारसम्म बिक्री तथा ढुवानी गर्न सहज वातावरण भएको स्थानीय काली थापाले बताउछिन् ।”

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले भन्नुभयो, “हाम्रो गाउँपालिका भौगोलिक रूपमा सबैभन्दा अत्यन्त विकट छ । धेरै पहाड र चट्टानले घेरिएका बस्तीमा सडक पुर्याउन कठिनाइ छ । अहिले केही बस्तीमा घरको आगनमै गाडी गुड्न थालेको छ । बाँकी बस्तीमा पनि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै सडक निर्माणको काम तीव्रता दिइरहेका छौं।”

अहिले धीम, बोढील्क, पाँडी, बोर्ता र फैतीलगायतका गाउँ बस्ती सडकसँग जोडिसकेका छन्। बिच्छ्यामा सडक संजाल जोड्न अहिले डोजरले सडक खन्ने काम अगाडि बढिरहेको छ । भने, युना र बौडी गाउँ बस्ती लगायतका ठाउँहरुमा सडक पुर्याउने तयारी भइरहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

कमेन्टहरु