बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नवलपुर टुडे
२०८२ चैत्र २७ | बिहान ०७:१२ बजे

काठमाडौं, चैत २७। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिशिलिन्डर १०० रुपैयाँ मूल्य बढाइएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा २१६.५०, दोस्रो वर्गमा २१८ र तेस्रो वर्गमा २१९ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा २०४.५०, दोस्रो वर्गमा २०६ र तेस्रो वर्गमा २०७ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य २०१० (१४.२ केजी), १००५ (७.१ केजी) पुगेको छ ।
हवाई इन्धन आन्तरिकतर्फ २५७ रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ ।






















