दुबई यूएई

युएईको आकाश आज खतरामुक्त: मिसाइल वा ड्रोनको कुनै गतिविधि छैन

कबिराज राजबंशी
२०८२ चैत्र २६ | मध्यान्ह ०५:१२ बजे

IMG 20260409 160017

युएईको को हवाई क्षेत्र सुरक्षित: मिसाइल वा ड्रोनको कुनै खतरा छैन

प्रवास दुबई, यूएई– संयुक्त अरब इमिरेट्स (UAE) रक्षा मन्त्रालयले ९ अप्रिल २०२६ मा पुष्टि गरेको छ कि देशको हवाई क्षेत्र पूर्ण रूपमा खतरामुक्त छ। यस दिन कुनै मिसाइल, क्रुज मिसाइल वा ड्रोनको गतिविधि पत्ता लागेको छैन।

पछिल्ला केही हप्तामा क्षेत्रीय तनाव र हवाई सुरक्षा चुनौतीहरूका कारण नागरिक र विमान उडानहरूमा सतर्कता अपनाउनुपर्ने अवस्था थियो। तर रक्षा मन्त्रालयको नयाँ सूचनाअनुसार, आजको स्थिति शान्तिपूर्ण छ।

मन्त्रालयले नागरिकहरू र यात्रुहरूलाई सुरक्षा सतर्कता अपनाउन भनेको छ, तर हालको घडीमा कुनै नयाँ खतरा छैन। यो घोषणा पछिल्लो समय UAE को हवाई क्षेत्रमा पहिलो पटक पूर्ण रूपमा आकाश खतरामुक्त भएको संकेत हो।

“हामी हवाई मार्गमा कुनै असामान्य गतिविधि पाएका छैनौं र सबै उडानहरू सुरक्षित छन्,” मन्त्रालयले जनाएको छ।

कमेन्टहरु