हिज्बुल्लाह उपप्रमुखका निजी सचिव मारिएको इजरायलको दाबी


काठमाडौँ । इजरायलले बुधबार बेरुत नजिकै गरिएको हवाई आक्रमणमा हिजबुल्लाका उपप्रमुखका निजी सचिव मारिएको दाबी गरेको छ । इजरायली सेनाका अनुसार, उक्त आक्रमणमा अली युसुफ हर्षी मारिएका हुन् ।
यो घोषणा इजरायलले लेबनानमा व्यापक हवाई आक्रमण गरेपछि आएको हो । इजरायलले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठुलो समन्वित आक्रमणमध्ये एक बताएको छ । आईडीएफका अनुसार इरान समर्थित हिज्बुल्लाहका १०० भन्दा बढी कमाण्ड सेन्टर र सैन्य संरचनाहरूलाई देशभर एकैसाथ निशाना बनाइएको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयले भने ती आक्रमणमा कम्तीमा १८२ जनाको मृत्यु भएको र ८९० जना घाइते भएको जनाएको छ ।
यसैबिच रातभर दक्षिणी लिबनानमा पनि इजरायली कारबाही जारी रहेको बताइएको छ। आईडीएफले लिटानी नदीमाथिका दुई महत्त्वपूर्ण नाकाहरूमा आक्रमण गरेको दाबी गर्दै ती मार्गहरू हिज्बुल्लाहले हतियार, रकेट तथा लञ्चर ओसारपसार गर्न प्रयोग गर्ने गरेको आरोप लगाएको छ।






















